सेन्ट्रल जोन खेल्न जाने भलिबल टोलीलाई बिदाई

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा तथा सेन्ट्रल एसिया भलिबल एसोसियसनले प्रथम पटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एसिया भलिबल एसोसियसन विच भलिबल इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

आईतबार नक्सालस्थित क्राउन प्लाजामा भएको बिदाई कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामना सहित बिदाई गरेका हुन् ।

बङ्गबन्धु एशियन यु–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा पौष ७ गते देखि ११ गते सम्म संचालन हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । टोली सोमबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै काभा सेन्ट्रल एसिया भलिबल एसोसियसन विच भलिबल इन्टरनेसनल टुर्नामेन्टमा सहभागि हुने महिला तथा पुरुष भलिबल टोलीलाई पनि आजै बिदाई गरिएको हो । टोलीमा महिला तर्फ कोपीला उप्रेती र कमला पुन तथा पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार रहेका छन् ।

प्रतियोगिता बंगलादेशको कोक्स बजारमा पौष ११ गते देखि १६ गते सम्म संचालन हुने छ । विच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *