सांसदहरुको शपथपछि मात्रै प्रधानमन्त्रीकाबारेमा छलफल गर्नुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सांसदहरुको शपथपछि मात्रै प्रधानमन्त्रीकाबारेमा छलफल गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीकोबारेमा छलफल हुने बताए ।

उनले संसदीय दलको नेताकाबारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *