आफ्नै नेतृत्वमा सरकार गठनका लागि वार्ता र संवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न वार्ता र संवादलाई अघि बढाउने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदको ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनका दलसँग वार्ता र संवादलाई अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बैठकले संसदीय दलको नेता चयन गर्न सहमहामन्त्री भीष्मराज याङदेम्बेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्य समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *