कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइको छ ।

यस्तै, आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्ने’ छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *