अफ्रिकामा बाढीका कारण १४ सयको मृत्यु

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४ सय जनाको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पुर्याएको कार्यालयले जनाएको छ । राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *