अमेरिकामा मौसमी इन्फ्लुएन्जाका कारण एक करोड ५० लाख मानिस विरामी

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ । सार्वजनिक गरिएको एक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना भएका र नौ हजार ३ सय जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् । इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *