चीनको सांघाइमा कोरोना संक्रमण तीव्र, विद्यालयहरूलाई अनलाइन कक्षा सुरू गर्न निर्देशन

बेइजिङ । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ ।

सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन् ।

शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *