रूसले क्वान्टम कम्युनिकेसन नेटवर्कमा करिब सात करोड डलर लगानी गर्ने

रूसी सरकारले सन् २०२३/०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (छ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ ।

यसको डिजिटल अर्थव्यवस्था ढाँचा विकास गर्नका लागि सरकारले रूसी रेलवेमा २०२१ देखि २०२४ सम्म क्वान्टम संचार नेटवर्क विकास गर्न कूल नौ अर्ब ४० करोड रूबल अर्थात् करिब १४ करोड ४९ लाख अमेरिकी डलरलगानी गर्ने योजना बनाएको हो ।

संरचनामा सम्भावित प्रयोगकर्ताहरूको लागि क्वान्टम सञ्चारलाई बढावा दिने उपकरणहरू, बिक्री बजारको विकास, सेवाहरूको व्यावसायीकरण र क्वान्टम संचारका उत्पादनहरू गरी १२० भन्दा बढी परियोजनाहरू समावेश छन् ।

सन् २०२१ मा मस्को र सेन्ट पिटर्सबर्गबीच निर्माण गरिएको पहिलो क्वान्टम कम्युनिकेसन लाइन ७०० किलोमिटर लामो छ र सन् २०२४ सम्ममा यसलाई बढाएर सात हजार किलोमिटर पुर्याउने योजना रूसले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *