श्रीलङ्काले बङ्करिङका लागि जमिन उपलब्ध गराउने

श्रीलङ्काले कोलम्बो पोर्ट सिटीमा रहेको चार टुक्रा जमिन बङ्करिङ (जहाजले प्रयोग गर्नकोे लागि इन्धनको आपूर्ति)का लागि एक लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले हवाई इन्धन भण्डारण सुविधा सुरु गर्नका लागि पनि निवेदन आह्वान गरिएको बताए ।

यो योजनाले श्रीलङ्काको अर्थतन्त्रको विकास र पानीजहाज र विमानका लागि इन्धन उपलब्ध गराउन ठूलो भूमिका खेल्न सक्ने उनले बताए ।

कोलम्बो पोर्ट सिटीले सञ्चालनको पहिलो पाँच वर्षमा प्रत्यक्ष विदेशी लगानीको रूपमा पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ल्याउन सक्ने उनले बताए ।

उनले यसै साताको सुरुमा संसदमा गरेको सम्बोधनमा सरकारले चाँडै नै बन्दरगाह शहरलाई नियन्त्रण गर्ने कानूनहरू ल्याउने बताएका थिए ।

समुद्रबाट २६९ हेक्टर पुनः प्राप्त भूमिमा फैलिएको, बन्दरगाह शहरले वित्तीय जिल्ला, केन्द्रीय पार्क बस्ने, टापु बस्ने, मरीना र अन्तर्राष्ट्रिय टापुसहित पाँच अलग–अलग क्षेत्रहरू समावेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *