रामेछापमा जिप दुर्घटना हुँदा ११ जना घाइते, तीनको अबस्था गम्भीर

मन्थली । रामेछापको उमाकुण्ड गाँउपालिका वडा नम्बर ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा घाइते भएका ११ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार – लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको बलेरो भुजी स्थित एकराते पहरोमा दुर्घटनामा परेको हो ।

कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठकमाडौं लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *