उपत्यकामा मेट्रो रेल संचालनका लागि महंगो छ भनेर अब पछि हट्नु हुँदैनः मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका हुन् । उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने उनले बताए ।

उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । उनले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने भन्दै उपत्यकामा मेट्रोको विकल्प नै नरहेको बताए ।

मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए ।

उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए ।

उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *