टर्कीमा बस दुर्घटनामा ६ आप्रवासीको मृत्यु

टर्कीको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा ६ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् ।

मिनीबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनीबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुझिएको छ ।

घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले प्रहरीलाई बुझाएका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्कीले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ ।

केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्कीमा आउँछन् भने कोही टर्कीबाट युरोप जाने उद्देश्यले आउने गर्छन् ।

टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *