स्वतन्त्र सांसदले सिंहदरबारमा कार्यालय पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलहरूको सिंहदरबारभित्र छुट्टाछुट्टै कार्यालय रहने गरेको छ ।

सोही कार्यालयबाट दलहरूले संसदीय फाँटका सम्पूर्ण कामहरू सम्पादन गर्ने गर्दछन् । तर, स्वतन्त्र निर्वाचित सांसदहरूको कार्यालय सिंहदरबारभित्र रहन्छ कि रहँदैन भन्ने जानकारी धेरैमा नहुन पनि सक्छ ।

संघीय संसद सचिवालयका अनुसार स्वतन्त्र निर्वाचित भएका सांसदहरूले संसदीय दलको कार्यालय सञ्चालन गर्न सिंहदरबारभित्र कार्यालय राख्न पाउँछन्, तर उनीहरूले एउटा मात्रै कोठा पाउने छन् ।

सचिवालयका अनुसार स्वतन्त्र सांसदलाई एउटा कोठा दिइने पहिले देखिकै अभ्यास हो । नेकपा एमाले त्यागेर स्वतन्त्र रुपमा निर्वाचित भएका प्रभु साह, अमरेशकुमार सिंह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साहलगायत स्वतन्त्र रुपमा निर्वाचित सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *