अन्तराष्ट्रिय फूटबलबाट बुस्केटद्वारा सन्यासको घोषणा

एजेन्सी ।  बार्सिलोनाका स्पेनिस मिडफिल्डर सेर्जियो बुस्केटले अन्तराष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गरेका छन् । बुस्केटले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अन्तराष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गरेका गरेका हुन् ।

३४ वर्षीय मिडफिल्डर बुस्केटले फिफा विश्वकप-२०२२ को चार खेलमा स्पेनको कप्तानी गरेका थिए । स्पेन अन्तिम १६ मा मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजीत हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।   उक्त खेलमा बुस्केटले पेनाल्टी मिस गरेका थिए ।

सन् २००९ मा टर्कीसँग खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका बुस्केटले स्पेनबाट सन् २०१० मा फिफा विश्वकप र सन् २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले स्पेनबाट १ सय ४३ खेल खेल्दै दुई गोल गरेका छन् । बुस्केट गोलकिपर इकार क्यासिलस र डिफेन्डर सेर्जियो रामोसपछि स्पेनबाट सार्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *