काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुर जाने भएकी छन्। आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका(५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर गृह जिल्ला जान लागेकी हुन्।
राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको छ।