काठमाडौं । फ्रेन्चाईज क्रिकेट लिग नेपाल टी-२० लिगको नयाँ खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार प्रतियोगिताको नयाँ खेलतालिका सार्वजनिक गरेको हो ।
नेपाल टी-२० लिग क्यानले आयोजना गर्ने आधिकारिक फ्रेन्चाइज लिग हो । लिगको पहिलो संस्करण यहि डिसेम्बर २३ देखि १० जनवरी, २०२३ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार उद्धाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । सोहि दिन लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडको सामना गर्नेछ ।
प्रतियोगितामा कुल ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । सहभागि टोलीमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र जनकपुर रोयल्स रहेका छन् ।
खेलतालिका

