समानुपातिकमा एमालेले कटायो २८ लाख मत, अरू दलले कति पाए ?

काठमाडौं, मंसिर २० । यही ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ नेकपा (एमाले)को मत २८ लाख नाघेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो ।

दोस्रो रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९५६ हजार ९०, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने ५७ सिटका साथ कांग्रेस शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एमालेले ४४ सिट जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *