बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित

बाजुरा। बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ।

प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *