ट्युनिसियासँग फ्रान्स पराजित

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । बुधबार समुह डी अन्तर्गतको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

ट्युनिसियाको जितमा खेलको ५८औं मिनेटमा वाह्बी खाज्रीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जित हासिल गरेपनि ट्युनिसिया समूह चरणबाट अगाडि बढ्न भने सकेन । ट्युनिसियाको ३ खेलमा ४ अंक भएको छ र समूहमा तेस्रो भएको छ ।

ट्युनिसियाले यसअघिका एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो । त्यस्तै फ्रान्स भने हारका बाबजुत समूह विजेता हुदै नकआउट चरणमा प्रवेश गरेको छ ।

फ्रान्सको ३ खेलमा ६ अंक रहेको छ । साथै यस समुहबाट अस्ट्रेलियाले डेनमार्कलाई हराउदै उपविजेता बनेर नकआउट चरणमा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *