काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ । बुधबार बिहानसम्म समानुपातिकतर्फ ९९ लाख ८८ हजार ५८५ मतगणना गरिएको छ। जसमा नेकपा एमाले २६ लाख ९२ हजार मत ल्याउँदै अग्रस्थानमा छ ।
त्यस्तै नेपाली कांग्रेसले २५ लाख ४६ हजार मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३०३ मत पाएको छ । एकीकृत समाजवादी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्नका लागि घस्रिरहेको छ ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ । थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।