उदयपुर-१ बाट परराष्ट्रमन्त्री खड्का निर्वाचित

उदयपुर । उदयपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का निर्वाचित भएका छन् । खड्का ३१ हजार २६८ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले एमालेकी मन्जुकुमारी चौधरीलाई दुईहजार ३७७ मतले पराजित गरेका हुन् । चौधरीले २८ हजार ८९१ मत ल्याइन् ।

विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो। खड्का उदयपुर-१ बाट २०६४ को निर्वाचनयता लगातार विजयी बन्दै आएका छन्।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीका राजन किरातीलाई पराजित गर्दै उनी पहिलो पटक निर्वाचित भएका थिए। उनै किराती यसपटक भने प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

त्यसैगरी २०७० र २०७४ को निर्वाचनमा खड्का नै निर्वाचित भएका थिए। यसअघिको निर्वाचनमा पनि उनले एमालेकी मञ्जु चौधरीलाई नै पराजित गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *