सिरहा–२ बाट जसपाका राजकिशोर निर्वाचित

सिरहा। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले २४ हजार १७८ मत प्राप्त गरेर नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *