बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली विजयी भएका छन् ।
मैनालीले ३९ हजार १९५ भोट ल्याएर नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौधरीले ३० हजार ५६ मत ल्याएका छन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।