‘नम्बरी सुन’ मा बुद्धि तामाङ अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । निर्देशक गिरी र निर्माता नारायण खातीले बुद्धी तामाङसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा अभिनेता आमेश भण्डारी र अभिनेत्रीमा नम्रता सापकोटा फाइनल भैसकेका छन् ।

आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, बुद्धी तामाङ, स्मृति वली लगायतको अभिनय रहनेछ । केही दिनमा चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु हुने छ।

७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको चलचित्रमा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । ‘नम्बरी सुन’ बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । लमजुङ, हेटौंडा र काठमाडौँमा चलचित्रको छायांकन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *