चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको मुम्बईमा हिन्दी डबिङ गरिएको हो। ओएसआर इन्टरनेसनलको अफिसियल च्यानल मार्फत हिन्दि भाषाको ट्रेलर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल भन्छन्, ‘नेपाली चलचित्रको अन्तररास्ट्रीय बजार खोज्ने र चलचित्रले थप आम्दानीको बाटो बनाउने उद्देश्यका साथ नेपाली चलचित्रलाई हिन्दी भाषामा डबिङ गरिएको हो।’

उनका अनुसार छिट्टै नै हिन्दी भाषामा डब गरिएको चलचित्र ‘बीर विक्रम २’ यु ट्युब मार्फत सार्वजनिक गरिनेछ। पछिल्लो समय ओएसर डिजिटलले नेपाली चलचित्रको डिजिटल बजारमा फड्को मारेको छ। यो कदमले अझै नेपाली निर्मातालाइ फाइदा पुग्ने अग्रवाल बताउँछन्।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने चलचित्र ‘बीर विक्रम २’ मा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *