अछाम पुगेर भीम रावलले गरे पहिलो मतदान

काठमाडौं। नेकपा (एमाले)का नेता डा. भीम रावलले गृहजिल्ला अछामबाट मतदान गरेका छन्। उनले जिल्लाको चन्दोदय आधारभुत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।

रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए। तर, पार्टी केन्द्रको निर्णयले उनलाई टिकट दिएको थिएन। उनको क्षेत्रबाट एमालेका नेता झपट बोहरा उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *