मध्यरातमा वडाध्यक्षको गाडी खानतलासी

भैरहवा । वडाध्यक्षको गाडी संकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ ।

रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो ।

चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो ।  शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन् ।
राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम गरिरहेको बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *