खुला रुपमा आगो बाल्न र फोहर जलाउन काठमाडौं महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउन रोक लगाएको हो ।

जथाभावी फोहर जनाउने गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको महानगरले जनाएको छ ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *