एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले पोखरा सभागृहमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष ओली पोखरा जान लागेका हुन् ।

भेलामा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) लगायतको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *