चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ

झापा । झापा दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन् ।

उर्लाबारी नगरपालिका ७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *