विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । आईसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने सुपर–१२ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान पौने दशबजे देखि ब्रिसबेनमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

देवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ। श्रीलंका ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा रहँदा अफगानिस्तान पनि समान खेलबाट समान अंकका साथ पुछारमा छ।

ब्रिसबेनमै नेपाली समयअनुसार दिउँसो सवा २ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

इंग्ल्याण्ड आज जित हात पार्दै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ। न्युजिल्याण्ड पनि जित हात पार्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने सोचमा छ।

इंग्ल्याण्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहँदा न्युजिल्याण्ड समान खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *