बागबजारमा घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे रियासाको मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए ।उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको मैनालीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *