काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ ।
झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहार गरेर हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
छठ पर्व मनाएको हेर्न मावा खोला पुगेका दियुसमाथि आइतबार राति छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा आज सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।हत्यामा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।