प्रधानमन्त्रीका प्रेस सल्लाहकारविरुद्ध उजुरी परेपछि समानुपातिक बन्दसूचीबाट हट्यो नाम

काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ ।

नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि नाम हटाएको हो ।

परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् ।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *