दार्चुला । दार्चुलाको लेकाली भेगमा मंगलबार अपराह्न हिमपात भएको छ। ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागहरूमा हिमपात हुँदा चिसो बढेको छ।
बिहानैबाट मौसममा बदली भएको र अपराह्न ब्यास गाउँपालिका–१ को तिंकर, छाङरूमा हिमपात भएको तिंकरका स्थानीय दानसिह तिंकरीले बताए। उनले बदली हुँदा बिहानैबाट चिसो बढेको छ।
त्यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका स्थानीय विशन बुढाथोलीले जनाए। उनले गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्तीलगायतका स्थानको माथिल्लो भेगमा हिमपात भएको बताए।
त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ। हिमपात र वर्षाका कारण चिसो बढेको स्थानीयले बताएका छन्।