हुस्सुका कारण काठमाडौं विमानस्थल बन्द

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

अहिले प्रदेश नम्बर १ प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । बास्तोलका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *