काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नागरिकता विधेयकबारे राष्ट्रपतिको कदमबारे नेकपा (एमाले)ले कुनै टिप्पणी नगर्ने बताएका छन्।
कुनै पनि संस्थाको गरिमा ख्याल राख्नुपर्ने बताउँदै उनले राष्ट्रपतिका काम, कदमबारे नेकपा (एमाले)ले कुनै टिप्पणी नगर्ने बताएका हुन् ।
संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी छन्। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनका दलहरूले विरोध गरिरहेका छन्।