काठमाडौं। छिमेकी भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजना अन्तरगत भारतीय सेनामा नेपालीहरु भर्ती नभए उक्त कोटा अरूलाई नै दिने बताएका छन्।
बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने सक्नेबार आजको टाइम्स अफ इन्डियामा उल्लेख छ ।
नेपालले मंसिर ४ सम्म नेपालले निर्णय नगरे भने त्यो कोटा अरूलाई दिइने उनको भनाई रहेको छ ।आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको बताउदै पाण्डेले गोर्खा भर्तीमा सहभागी हुने–नहुनेबारे नेपालले नै निर्णय गर्न बताएका छन् । यसअघि सरकारले भदौ ८ मा सरकारले अग्निपथबारे स्पष्ट पार्न भारतलाई भनेको थियो।
केही वर्षअघि भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपाली भर्ती गरिन्थ्यो। पछिल्ला वर्षहरूमा त्यो संख्या घटाएर १५ सयमा पुर्याइएको छ। भारतीय सेनामा अहिले ३० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन्।

 
				