वार्षिक २५ लाख सहयोग गर्ने दाता खोज्दै विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले वार्षिक ५ हजारभन्दा बढी आर्थिक सहयोग गर्न सक्ने दाताको खोजी गरेको छ। विवेकशील साझाले फेसबुकमार्फत वार्षिक पाँच हजारभन्दा बढी सहयोग गर्न सक्ने ५०० जना सहयोगीको खोजी गरेको हो ।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिन आग्रह गरेकी छन्। देशभरबाट योग्य, इमान्दार र क्षमतावान उम्मेदवार सिफारिस गर्नसमेत उनको आग्रह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *