गठबन्धनमा भागबन्डा : कांग्रेसलाई ८६, अरु दललाई कति ?

काठमाडौं। आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ।

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो। कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो। तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए। कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *