एमाले-राप्रपा चुनावी तालमेल पक्कापक्की, कति सिटमा हुँदैछ तालमेल ?

काठमाडौं । पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल गर्ने तयारीमा छ । सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा तालमेलको तयारीमा लागेका छन् ।

रापप्रा अध्यक्ष राजेन्द्र लिङ्देनले केहि चुनावी क्षेत्रमा एमालेसंग तालमेल गर्ने विषयमा एमाले अध्यक्ष केपी ओलीसंग कुराकानी भइरहेको बताएका छन् । अघिल्ला चुनावको अंकगणितले पनि सहकार्यको सम्भावना देखाएको छ । एमालेलाई राप्रपाको सहयोग आवश्यक रहेको र राप्रपालाई पनि एमालेको सहयोग आवश्यक रहेको महशुसपछि दुबै पार्टी चुनावी तालमेलको विषयमा एक देखिएका छन् ।

स्रोतका अनुसार एमालेले राप्रपासँग करिब १५ ठाउँमा तालमेलका लागि प्रस्ताव गरेको छ । सिट बाँडफाँट र चुनावी क्षेत्रबारे नखुलाइएपनि राप्रपाको विशेष प्रभाव रहेको क्षेत्रमा सहकार्य गर्न एमाले अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।

प्राप्त सूचनाअनुसार राप्रपा झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीलगायतलाई जिताउन एमालेसँग तालमेल गर्न तयार भएको छ ।

एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । एमालेको अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *