कर्णालीका सवै माओवादी सांसद मन्त्री, दुई जनाले आज सपथ लिदै

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनित्वि गर्ने नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज सपथ लिदैछन ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन । सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सवै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो ।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतवार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *