एमालेको समानुपातिक सूचीमा नपर्ने ३० सांसदमा बामदेव पत्नी देखि नविना लामासम्म

काठमाडौं । नेकपा (एमाले)ले आगामी निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा यसअघि परिसकेकाको नाम नराख्ने मापदण्ड तय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो ।

एमाले केन्द्रीय कमिटी बैठकले लिएको निर्णयपछि यसअघि सांसद भएका ३० जना समानुपातिकतर्फकाहरु फेरि समानुपातिकतर्फको सांसद बन्नबाट रोकिएका छन् । यसरी रोकिनेमा एमाले छाडिसकेका बामदेव गौतमकी पत्नी तुलसा थापादेखि अनेरास्ववियूकी पूर्व अध्यक्ष नविना लामा समेत छन् ।

पूर्वमन्त्री जुली महतो पनि सांसद बन्न प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने भएको छ । उनी धनुषाबाट चुनाव लड्ने चर्चा छ ।

आशा कुमारी विक, कुमारी मेचे, गोमा देवकोटा, गंगा चौधरी, जानकी देवी राम, तीर्था गौतम, पूर्वमन्त्री थममाया थापा, निरु देवी पाल, विजय सुब्बा, विमला विक, मनकुमारी जीसी, मायादेवी न्यौपाने, मैनाकुमारी भण्डारी, पूर्व राज्यमन्त्री मोतीलाल दुगड, मोहन बानिया, राधाकुमारी ज्ञवाली, रेखा कुमारी, विना कुमारी श्रेष्ठ, विन्दा पाण्डे, विमला विश्वकर्मा, विष्णु शर्मा, शान्ता चौधरी, शान्तिमाया तामाङ, डा. शिवमाया तुम्बाहाङफे, सरिता कुमारी गिरी, सरिता न्यौपाने र सुजिता शाक्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *