एमाले केन्द्रीय कमिटी बैठक बस्दै, आजै निष्कर्ष सुनाइने

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *