५ दिनमा १३ सय ५५ ट्रिप फोहोर खसालियो

काठमाडौं। काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ ।

स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले भने– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’

उनका अनुसार यही अवस्थामा फोहोर विसर्जन भइरहे अब १० दिनभित्र महानगरक्षेत्रको फोहोर उठाइसक्ने छ । कामपा ल्यान्डफिल साइट इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार भदौ १ गतेयता १ हजार ३ सय ५५ ट्रिप फोहोर बिसर्जन भइसकेको छ ।

उनका अनुसार भदौ १ गते १ सय ८८, २ गते १ सय ८४, ३ गते २ सय ८८, ४ गते २ सय ८० र ५ गते ३ सय १५ ट्रिप फोहोर खसेको छ । राजधानीको फोहोर ट्रान्सफर स्टेसनबाट बाहिर जाने र ट्रान्सफर स्टेसनमा थपिने काम जारी रहेको छ ।

फोहोर खसाल्नेभन्दा फोहोर थुप्रिने क्रम बढेको बताउँदै श्रेष्ठले भने, ‘ट्रान्सफर स्टेसनमा फोहोर आउने अनुपातमा फोहोर लैजान सकेका छैनौं । त्यसैले यहाँ फोहोर घट्न सकेको छैन ।’ कामपाले अहिले पनि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोगमा फोहोर व्यवस्थापन गरिरहेको छ ।

नेपाल प्रहरीका प्रवक्त डीआइजी टेकप्रसाद राईले दुई महिनादेखि थुप्रिएको फोहोर पूर्ण रूपमा सफा नहुँदासम्म प्रहरी परिचालन भइरहने स्पष्ट पारे ।

विभिन्न माग राखेर गरेर अवरोध गरिरहेका स्थानीयले प्रहरी परिचालन फोहोर खसाल्ने थालेपछि अवरोध गर्न छाडेका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *