सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा

काठमाडौं। अहिले बिहान १० बजे सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनमा सिट बाँडफाँट, नागरिकता विधेयक पास गर्ने लगायतका विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने गठबन्धनको तयारी रहेको छ ।

सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ।

राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *