स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल नयाँ कार्य समिति गठन गरिएको छ । गल्याङ नगरपालिकामा आफ्नो छुट्टै पहिचान बनाएको गल्याङ बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलले सोमबार गल्याङ बहुमुखी क्याम्पासको सभा हलमा एक कार्यक्रम गरि गल्याङ रेडक्रस सर्कलको नयाँ कार्य समिति गठन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्लाका उप सभापति लक्ष्मण भट्टराई प्रमुख आतिथ्यता, शिक्षक नायक चण्डीका भट्टराई, ने वि सघं इकाई सभापति छविलाल भुषाल ने वि सघं नगर सभापति प्रदिप पाण्डे, क्याम्पस प्रमुख सञ्जीव पन्त जिल्ला युवा जुनियर रेडक्रस संयोजक विष्णु गैरे, विभाग प्रमुख, युवा रेडक्रस सर्कल जिल्ला सदस्य युवराज तिवारी यु रे सा वालिङ क्याम्पसका सचिब हरि रेग्मी यू रे सा वालिङ क्याम्पसका उपसभापति समीक्षा सुवेदी लगायतको उपस्थितीमा सर्कल गठन भएको हो ।
जस्को अध्यक्ष कृष्ण श्रेष्ठको नेतृत्वमा रहेको समितिको उपाध्यक्ष ललिता न्यौपाने, सचिव सृष्टि न्यौपाने, सह सचिवमा जनक भण्डारी, कोषाध्यक्ष प्रदीप भुसाल, सह कोषाध्यक्ष-अवय गुरुङ र सदस्यहरूमा विशाल थापा, सिर्जना अर्याल, आयुषा अर्याल, दीपा गैरे, लक्ष्मी न्यौपाने, गंगा भुसाल प्रमुख सल्लाहकार-साधना न्यौपाने सल्लाहकार निर्मल भट्टराई, शिक्षक नायक चण्डीका भट्टराई चयन भएका हुन् ।
नव निर्वाचित समितिलाई ने वि सघं इकाई सभापति छविलाल भुषाल ने वि सघं नगर सभापति प्रदिप पाण्डे, निवर्तमान उपाध्यक्ष निर्मल भट्टराई ,जिल्ला रेडक्रस स्याङ्जाका उप सभापति लक्ष्मण भट्टराई, क्याम्पस प्रमुख सञ्जीव पन्त युवा जुनियर रेडक्रस जिल्ला संयोजक विष्णु गैरे लगायतले हार्दिक बधाई तथा शुभकामना दिएका हुन् ।
उक्त समितिले स्वास्थ्य तथा सरसफाई सम्बन्धि जनचेतना फैलाउने काम गर्दै आएको निबर्तमान सचिव सधना न्यौपानेले जानकारी दिए ।
