बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको लागि सहायक प्रशिक्षकमा राई नियुक्त

काठमाडौं । बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको सहायक प्रशिक्षकमा युगल किशोर राई नियुक्त भएका छन् । यस्तै विनोद डंगोल गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फूटबल संघ(एन्फा)ले सोमबार दुई प्रशिक्षकलाई नियुक्त गरेको जनाएको हो । नेपालले बंगलादेशको राष्ट्रिय फूटबल टोलीसँग असोज १९ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेको कारण एन्फाले कार्यवाहक प्रशिक्षकको रुपमा प्रदिप हुमागाईलाई नियुक्त गरेको थियो । हुमागाईले खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *