परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा आज चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्।

अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। मन्त्री खड्काले बुधबार चीनको क्ङिदाओमा समकक्षी वाङसँग प्रतिनिधि मण्डलस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले भोजको आयोजना गर्ने कार्यक्रम छ। मन्त्री खड्काले राजधानी बेइजिङभन्दा बाहिर समकक्षीसँग भेटवार्ता गर्ने भएकाले विदेशमन्त्रीबाहेक अन्य उच्चअधिकारीसँग उनको भेट हुने सम्भावना कम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *