USAID

असमान तलव वृद्धिकाविरुद्ध कर्मचारी आन्दोलित, मंगलबार देशैभरका नासु बिदामा बस्ने

काठमाडौं । असमान तलव वृद्धिका विरूद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । नायब सुब्बा बचाउ अभियानले आन्दोलन सुरु गरेको हो । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए ।

असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलनमा उत्रिएको उनले बताए । आन्दोलन कार्यक्रमअन्तर्गत सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए ।

मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।

CivActsAd

Leave a Reply

Your email address will not be published.